Logo

सुनको मुल्य ओरालो लाग्ने क्रम जारी, एकैदिन तोलामा ७ सयले घट्यो

सुनको मुल्य ओरालो लाग्ने क्रम जारी, एकैदिन तोलामा ७ सयले घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानी बजारमा सुनको मुल्य पुनः ओरालो लागेको छ । मंगलबार प्रतितोला २ सय रुपैयाँले घटेको सुन बुधबार ७ सय रुपैयाँले ओरालो लागेको छ ।

बुधबार सुनको मुल्य घटेर प्रतितोला ५५ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । डलरको मुल्य तथा अन्तरराष्ट्रिय बजारमा भएको फेरबदलसँगै नेपालमा पनि मुल्यमा घटवढ हुने महासंघको भनाइ छ ।

बजारमा चाँदीको मुल्य स्थिर रहेको छ । बुधबार पनि चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL