Logo

एलआईसीले दियो २५ प्रतिशत बोनस, सञ्चालक समितिमा सेयरधनीको तर्फबाट विष्ट

एलआईसीले दियो २५ प्रतिशत बोनस, सञ्चालक समितिमा सेयरधनीको तर्फबाट विष्ट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको १४औं वार्षिक साधारण सभाले यस्तो निणर्य गरेको हो ।

सभाले आर्थिक बर्ष २०७१/०७२ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई बोनस सेयर तथा नगद लाभांश दिने निणर्य गरेको छ । त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा कुमार केशर विष्टलाई सभाले सर्वसम्मतिका साथ निर्वाचित गरेको छ ।

आ.ब. २०७१/०७२ मा कम्पनीले १ लाख ४९ हजार नया“ बीमा लेखहरु बिक्री गरी प्रथम बीमा शुल्क आम्दानी बापत रु. १ सय ८१ करोड १८ लाख संकलन गर्न सफल भएको छ । २०७२ असार मसान्तसम्ममा यस कम्पनीमा कूल चालु बीमा लेखको संख्या ५ लाख १५ हजार र कूल जीवन बीमा कोषमा रु. २० अर्व २५ करोड संकलन भएको बताइएको छ ।
आ.ब. २०७१/०७२ मा कम्पनीको कूल जीवन बीमा कोषमा ३० दशमलव ५९ प्रतिशत, प्रथम बीमा शूल्क आर्जनमा ४१ दशमलव ६७ प्रतिशत र बीमालेख बिक्रीमा ६३ दशमलव १०को बृद्धिदर हो । त्यस्तै लगानीतर्फ ३१ दशमलव ६७, लगानीबाट प्राप्त आम्दानीमा १६ दशमलव १६ प्रतिशत को बृद्धिदर रहेको थियो ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा कूल वीमा शुल्क आर्जन रु. ४ अर्व ६० करोड भएको समेत जानकारी दिएको छ । कम्पनीको जीवन बीमा कोषमा रु. २४ अर्व ५८करोड रहेको बताइएको छ ।

सो अवसरमा कम्पनीका अध्यक्ष एसके रॉयले एलआईसी नेपालको माध्यमबाट देशकोे आर्थिक बृद्धि एवं सामाजिक विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्