Logo

तीन अंकले घट्यो नेप्से, कारोबार रकम ८७ करोडमा सीमित

तीन अंकले घट्यो नेप्से, कारोबार रकम ८७ करोडमा सीमित



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिममा सामान्य अंकले घट्दै १९ सय ४ को विन्दुमा पुगेको हो ।

आज २ सय ६६ कम्पनीका २९ लाख ७५ हजार ९ सय २० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८७ करोड ४ लाख ४८ हजार १ सय ५१ रुपैयाँमा सीमित भएको छ ।

आज दिनभर १ सय ३८ कम्पनीको सेयरमूल्य ओरालो लागेपनि ६२ कम्पनीको सेयरमूल्य भने उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्