Logo

नेप्सेमा फेरी नयाँ रेकर्ड, साढे २० अंकले बढ्दा १ अर्व ६५ करोडको कारोवार

नेप्सेमा फेरी नयाँ रेकर्ड, साढे २० अंकले बढ्दा १ अर्व ६५ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विगत केही दिनयता सेयर बजारले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ । यही क्रमलाई पच्छ्याउँदै मंगलवार नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेर अडिएको छ ।

सो दिन नेप्से २० दशमलव ४६ अंकले बढ्दा सेयर बजार १ हजार ५ सय ५५ दशमलव ५३ अंकमा पुगेर बन्द भएको हो । जुन हालसम्कै उच्च विन्दु हो ।

मंगलवार विकास बैंक समुहको परिसुचक सवैभन्दा बढी ४२ दशमलव ५५ अंकले उकालो लागेको छ । त्यस्तै बीमा समुह ४१ दशमलव ५ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक २५ दशमलव ५२ अंकले उकालो लागेको छ ।

त्यसैगरी फाइनान्स र जलविद्युत समुहको परिसुचक क्रमशः ८ दशमलव ८३ र ० दशमलव २६ अंकले बढेको छ । यता उतपादन,होटल र अन्य समुहको परिसुचक भने क्रमशः ६५ दशमलव ८५,४ दशमलव ९८ र ३ दशमलव ५३ अंकले घटेको छ । मंगलवार १ सय ३९ कम्पनीका ४० लाख कित्ता सेयर कारोवार भएको थियो ।

जसबाट १ अर्व ६६ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्