Logo

२३ अंकले घट्यो नेप्से, कारोबार ९२ करोडमा सीमित

२३ अंकले घट्यो नेप्से, कारोबार ९२ करोडमा सीमित



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २३.६४ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा उच्च अंकले घट्दै १९ सय ८ को विन्दुमा पुगेर रोकिएको हो ।

आज २ सय ६७ कम्पनीका ३१ लाख ४४ हजार ५ सय ७३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ९२ करोड ७८ हजार रुपैयाँमा सीमित भएको हो ।

आज १ सय ८८ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा २३ कम्पनीको सेयरमूल्य मात्रै बढेको छ । त्यसमध्ये २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्