Logo

नेप्सेमा दिनहुँ नयाँ रेकर्ड, साढे १४ अंकले बढ्दा १५२४ माथि

नेप्सेमा दिनहुँ नयाँ रेकर्ड, साढे १४ अंकले बढ्दा १५२४ माथि


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेर अडिएको छ । आइतवार नयाँ बनाएको रेकर्डलाई तोड्दै आज नेप्से १ हजार ५ सय २४ अंकमा पुगेको हो । आइतवार १ हजार ५ सय ९ दशमलव ३९ अंकमा पुगेको थियो ।

सोमवार नेप्से १४ दशमलव ६८ अंकले बढेको छ । सो दिन कारोवारमा आएका अधिकांश समुहको परिसुचक बढ्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सोमवार बीमा समुहको परिसुचक सबैभन्दा बढी २ सय ६१ दशमलव ०३ अंक्ले उकालो लागेको छ ।

त्यस्तै विकास बैंक १२ दशमलव ३८ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १० दशमलव ५१ अंकले बढेको छ । त्यस्तै गरी उत्पादन र होटल समुहको परिसुचक क्रमशः ३ दशमलव २ र १ दशमलव १३ अंकले बढेको छ । यता अन्य,फाइनान्स र जलविद्युत समुहको परिसुचक भने क्रमशः २ दशमलव ३४,२ दशमलव ४५ र १० दशमलव ४७ अंकले ओरालो लागेको छ ।

सोमबार हिमालयन जनरन इन्स्योरेन्सको कारोवार सवैभन्दा बढी ८ करोड ५५ लाख रुपैयाँ भएको थियो । सो दिन १ सय ३५ कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको ३३ लाख ६२ हजार कित्ता सेयरबाट १ अर्व ४४ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्