Logo

एक दिन पनि टिकेन नेप्सेको उकालो यात्रा, परिसुचक २९ अंकले घट्दा कारोबार रकममा पनि गिरावट

एक दिन पनि टिकेन नेप्सेको उकालो यात्रा, परिसुचक २९ अंकले घट्दा कारोबार रकममा पनि गिरावट



काठमाडौं । बैंक ब्याजदर घट्ने खबरले बुधबार एकाएक उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकको उकालो यात्रा पुनः रोकिएको छ । बुधबार ९२ अंकले उकालो लागेको नेप्से आज २९.०७ अंकले घटेको हो ।
कारोबार समयको सुरुमै तिव्र उत्तारचढाव भएको नेप्से अन्तिम समयमा उच्च अंकले घट्दै १९ सय ३४ को विन्दुमा पुगेर बन्द भएको छ ।

आज कुल २ सय ७० कम्पनीका ४९ लाख १३ हजार ७ सय २ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ । आज दिनभरको कारोबारमा १ सय ८६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने बाँकी २८ कम्पनीको सेयरमूल्य बढेको छ । बढेका कम्पनीमध्ये पनि ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्