Logo

नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गरिँदै, १० दिनभित्र आवेदन दिन सूचना

नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गरिँदै, १० दिनभित्र आवेदन दिन सूचना



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन माग गरेको छ । बिहीबार एक सूचना जारी गर्दै बोर्डले नयाँ लाइसेन्सका लागि आजको १० दिनभित्रको अवधिमा आवेदन दिन आह्वान गरेको हो ।

यसअघि बोर्डले नयाँ लाइसेन्स लिनका लागि भन्दै गत असोज २ गते आवेदन माग गरेको थियो । त्यसविरुद्ध सर्वाेच्चमा रिट परेपछि कात्तिक १५ गते नयाँ आवेदन दिने कार्य तत्कालका लागि स्थगित गर्न आदेश जारी भएको थियो ।

हाल सर्वाेच्चमा परेका नयाँ लाइसेन्स विरुद्धका दुबै रिट खारेज भएपछि पुनः बोर्डले आवेदन माग गरेको हो । बोर्डले यसअघि असोज २ मा जारी गरेको सूचनामा उल्लेखित शर्त अनुसार नै आवेदन दिन सकिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL