Logo

नेप्सेमा ९२ अंकको छलाङ, २ सय १८ कम्पनीको सेयरमूल्य उकालो लाग्दा कारोबार २ अर्ब नजिक

नेप्सेमा ९२ अंकको छलाङ, २ सय १८ कम्पनीको सेयरमूल्य उकालो लाग्दा कारोबार २ अर्ब नजिक



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ९२.२२ अंकले उकालो लागेको छ । पछिल्लो समय लगातार ओरालो लागेर लगानीकर्ता निराश बनाएको सेयरबजार आज उच्च अंकको वृद्धि हुँदा १९ सय ६३ को विन्दुमा पुगेको हो ।

आज दिनभर २ सय ६७ कम्पनीका ६१ लाख ७ हजार ४ सय २५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ९७ करोड ६० लाख ७६ हजार ७ सय ३२ रुपैयाँ पुगेको छ ।

आज कारोबार भएकामध्ये २ सय १८ कम्पनीको सेयरमूल्य उकालो लागेका छ । त्यसमध्ये ७ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्