Logo

गोर्खा व्रुअरीको समर्सबी एपल साइडर सार्वजनिक, स्याउको ताजा जुसबाट तयार

गोर्खा व्रुअरीको समर्सबी एपल साइडर सार्वजनिक, स्याउको ताजा जुसबाट तयार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गोर्खा ब्रुअरीको नयाँ पेय पदार्थ समर्सबी एपल साइडर सार्वजनिक भएको छ । कमपनीले आइतवार हायात होटलमा कार्यक्रम आयोजना गरि सो पेय सार्वजनिक गरेको हो । समर्सबी एपल साइडर स्याउको ताजा जुसबाट बनाइएको पेय पदार्थ हो । यसमा ४ दशमलव ५ प्रतिशत अल्कोहलको मात्रा भएको बताइएको छ ।

गुलियो र स्वादिलो हुनु यसको विशेषता हो । यो पूर्णतया प्राकृतिक तत्वले बनेको बताइएको छ । कम्पनीका अनुसार हाल यो काठमाडौंका विशिष्ट विक्रि केन्द्रहरुबाट विक्रि वितरण हुनेछ र निकट भविष्यमा नेपालका विभिन्न शहरहरुमा पु¥याइने छ ।

सो अवसरमा कम्पनीका डेप्युटि डाइरेक्टर सुरेन्द्र सिलवालले साइडर नेपाली बजारको लागि नौलो प्रस्तुती हो । नेपाली उपभोक्तामा विकसित हुदै गएको नयाँ स्वादका लागि यो पेय नयाँ परिवर्तनको संबाहक हुने उनको दावी छ । समर्सवे महिला तथा पुरुष दुवैको लागि उपयुक्त पेय पदार्थ भएको बताइएको छ ।

गोर्खा ब्रुअरीका मार्केट्रि प्रमुख बैभव शर्माले काल्सवर्गले एपल साइडर सन् २००८ मा डेनमार्क र नर्वेमा उत्पादन तथा वितरण प्रारम्भ गरेको तथा हाल विश्वका ५० भन्दा बढी मुलुकहरुमा पुगेको बताए । साथै एसियामा सिंगापुर, हङकङ्ग, मलेसिया, थाइल्याण्ड र चीन पछि छैठौं राष्ट्रको रुपमा नेपालमा उपलब्ध भएको हो ।

अहिले डेनमार्कमा यसले सबैभन्दा बढी बजार ओगटेको बताइएको छ । त्यस्तै नर्बेमा दोश्रो स्थानमा रहेको छ । साथै नेपालमा पनि उपभोक्ता माझ लोकप्रिय बन्ने विश्वास लिइएको छ । हाल यो २५० मिलीग्रामबोतल (सिसी) र १२ बोतलको कार्टनमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्