Logo

नेप्से हालसम्मकै उच्च विन्दुमा, १० अंकले बढ्दा परिसुचक १५०९ माथी

नेप्से हालसम्मकै उच्च विन्दुमा, १० अंकले बढ्दा परिसुचक १५०९ माथी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेर अडिएको छ । आइतबार बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक १० अंकले बढेको छ । बजारमा नेप्से परिसुचक अहिलेसम्मकै उच्च विन्दु १ हजार ५ सय ९ दशमलव ३९ अंकमा पुगेर अडिएको छ ।

बजारमा बीमा समुहको परिसुचक बढ्दा समग्र नेप्से परिसुचक उकालो लाग्न गएको छ । आइतबार बीमा समुहको परिसुचक ३ सय ३७ अंकले बढ्न गएको छ । यसैगरी, बैंक र विकास बैंक समुहका परिसुचक भने सामान्य मात्र बढेको छ ।

बजारमा अन्य समुहका परिसुचक भने ओरालो लागेका छन् । दिनभर सवैभन्दा बढी होटल ३० र उत्पादनमुलक समुह ३४ अंकले घटेको छ ।

बजारमा कारोवार रकम पनि बढेको छ । दिनभर कुल १ अर्ब २४ करोड ९० लाख रुपैयाँ बरावरको २८ लाख २३ हजार कित्ता सेयर कारोवार भएको छ ।

दिनभर सवैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ६५ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । यसैगरी, नेपाल बैंगलादेश बैंकको पनि ६ करोड ६२ लाख रुपैयाँ बरावरको सेयर किनवेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्