Logo

प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले ब्याजदर घटाउने बताउँदा बढ्यो बजार, २७ अंकको वृद्धि

प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले ब्याजदर घटाउने बताउँदा बढ्यो बजार, २७ अंकको वृद्धि



काठमाडौं । पछिल्लो समय सरोकारवालाहरुले बैंकको ब्याजदर घटाउने, अर्थतन्त्र लयमा ल्याउनेलगायतका आश्वासन दिँदा सेयर बजार पनि उकालो लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ब्याजदर घटाउने उपाय खोज्दै गरेको विभिन्न कार्यक्रमका बोल्दै आएका छन् ।

अर्थमन्त्री प्रकाश शरण महतले अर्थतन्त्रलाई लयमा फर्काउन लागिपरेको जस्तो देखाएका छन् । यति मात्रै होईन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि अर्थतन्त्रका सुचकहरु उकालो लागिरहेको बताउँदै गर्दा मंगलबार सेयर बजारले पनि वृद्धिको बाटो अंगालेको हो ।

मंगलबार कारोबार समयको सुरुवातिदेखि नै उकालो यात्रा तय गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक अन्तिममा २७.३१ अंकले बढ्दै १८ सय ७१ को विन्दुमा पुगेर बन्द भएको छ ।

आज दिनभर कुल २ सय ६२ कम्पनीका ३३ लाख १५ हजार ७ सय २० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ पुगेको छ । आज दिनभर कारोबार भएकामध्ये १६ कम्पनीको सेयरमूल्यमा गिरावट आउँछन २ सय १ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । त्यसमध्ये कालिञ्चोक दर्शन प्रालि र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्