Logo

तीव्र उत्तारचढावबीच ५ अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकममा गिरावट

तीव्र उत्तारचढावबीच ५ अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकममा गिरावट



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ५.५४ अंकले बढेर बन्द भएको छ । सोमबार तिव्र उत्तारचढाव हुँदै सामान्य उकालो लागेको बजार अन्तिम समयमा १८ सय ४४ को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभर २ सय ६१ कम्पनीका २९ लाख ६० हजार ८ सय ६३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने हिजोको तुलनामा घटेर ९१ करोड १९ लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ ।

आज दिनभर भएको कारोबारमा ७७ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १ सय ३२ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । उकालो लागेका कम्पनीमध्ये सानिमा मध्य तमोर जलविद्युत र कालिन्चोक दर्शन प्रालिको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्