Logo

नयाँ ब्रोकर, स्टक र कमोडिटी विरुद्धको रिट खारेज, लाइसेन्सका लागि बाटो खुल्यो

नयाँ ब्रोकर, स्टक र कमोडिटी विरुद्धको रिट खारेज, लाइसेन्सका लागि बाटो खुल्यो



काठमाडौं । नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरणविरुद्ध परेको रिट सर्वाेच्चले खारेज गरिदिएको छ । अधिवक्ता दिपक बिक्रम मिश्रले दायर गरेको रिटमाथि आइतबार अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले उक्त रिट खारेज गरिदिएको हो । यससँगै नेपाल धितोपत्र बोर्डलाई नयाँ कम्पनीको लाइसेन्स दिने बाटो खुलेको छ ।

यसअघि गत ४ कात्तिकमा सर्वोच्च अदालतले तत्काल नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अल्पकालीन अन्तरिम आदेश जारी भएको अवस्थामा नै ब्रोकर लाइसेन्स खोल्न माग गर्दै संवैधानिक इजलासमा रिट दर्ता भएको थियो । संवैधानिक इजलासले संयुक्त इजलासबाट नै मुद्दाको फैसला गर्दा उपयुक्त हुने भन्दै रिट खारेज गरेपछि संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL