Logo

नेप्से घट्ने क्रम रोकिएन, २८ अंकको गिरावट आउँदा कारोबारमा सुधार

नेप्से घट्ने क्रम रोकिएन, २८ अंकको गिरावट आउँदा कारोबारमा सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आईतबार २८.३१ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको बजार अन्तिम समयमा उच्च अंकले घट्दै १८ सय ३८ को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभर २ सय ६८ कम्पनीका ३८ लाख ४३ हजार ७ सय १३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १५ करोड ९४ लाख ४८ हजार रुपैयाँ नाघेको छ । यो अघिल्लो साता बिहीबारको तुलनामा बढी हो ।

आज दिनभरको कारोबारमा २ सय १ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा जम्मा १५ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्