Logo

टिभिएसले ल्यायो जेस्ट स्कुटी, बजार मुल्य १ लाख ६० हजार

टिभिएसले ल्यायो जेस्ट स्कुटी, बजार मुल्य १ लाख ६० हजार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । टिभिएस मोटर्सको जेष्ट स्कुटर नेपाली बजारमा भित्रिएको छ । टिभिएसको नेपाल स्थित आधिकारीक विक्रेता जगदम्बा मोटर्सले सो कम्पनीको टिभिएस जेस्ट नयाँ स्कुटि रेन्ज बजारमा ल्याएको हो ।

ट्रेन्डि लुक भएको स्कुटरको महिला मैत्रि डिजाईन र कुनै पनि भौगोलिक क्षेत्र र दूरि, थप माईलेज र सुरक्षाका साथ सजिलै यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । यसको मूल्य एक लाख ५९ हजार ९०० रुपैयाँ राखिएको छ ।

स्कुटर इञ्जिन क्षमता १ सय १० सिसी रहेको छ । लामो दुरीको यात्राका लागि तयार गरिको यो स्कुटी इन्धन किफायति भएको कम्पनीको दावी छ ।

कम्पनीका अनुसार अगाडि र पछाडि रहेका एन्टि स्किड ट्युवलेस टायरले स्कुटीलाई थप ग्रिप दिनुका साथै पंचर हुने समस्याबाट मुक्ति दिने छ । हाल नेपाली बजारमा ५ रङका स्कुटीहरुमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL