Logo

नेपाल लाइफकोे २५ प्रतिशत बोनश सेयर स्वीकृत, एफपीओ जारी गर्दै

नेपाल लाइफकोे २५ प्रतिशत बोनश सेयर स्वीकृत, एफपीओ जारी गर्दै


बिजखबर संवाददाता
27
Shares

काठमामडौं । नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभाले आफ्ना सेयर धनीलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृति गरेको छ । कम्पनीको आज भएको १६ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पास गरेको हो ।

यसैगरी उक्त बोनस सेयरका लागि कर रकम वापत १ दशमलव ३ प्रतिशत नगद लाभांश समेत दिइएको कम्पनी संचालक समिति सदस्य कमलेश अग्रवालले जानकारी दिए ।

अग्रवालका अनुसार कम्पनीमा संस्थापक साधारण तर्फको सेयर रेसियो ७० र ३० प्रतिशत बनाउनका लागि फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गरिने भएको छ । हाल कम्पनीमा संस्थापक ८० र सर्वसाधारण तर्फ २० प्रतिशत सेयर स्वामित्व रहेको छ । साधारण तर्फको नपुग सेयर जारी गर्नका लागि साधारण सभाले संचालक समितिलाई स्वीकृति दिएको छ । यस विषयमा छिट्टै नै निर्णय गरेर प्रिमियम मुल्यमा एफपीओ जारी गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL