Logo

साताको अन्तिम दिन ८ अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकममा सुधार

साताको अन्तिम दिन ८ अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकममा सुधार



काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ८ अंकले घट्दै बन्द भएको छ । यो साताभरी ओरालो लागेको बजार बुधबार मात्रै सामान्य अंकले उकालो लागेको थियो । पुनः आज भने बजार ८.२८ अंकले घट्दै १८ सय ६६ को विन्दुमा पुगेको छ ।

आज दिनभर २ सय ६९ कम्पनीका २८ लाख ७० हजार ८ सय १९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने केहि सुधारिएर ९२ करोड ६ लाख ८६ हजार माथि पुगेको छ । आज दिनभरको कारोबारमा १ सय ६५ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्