Logo

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता, विद्यार्थीलाई पूँजीबजार सम्बन्धी ज्ञान प्रदान गर्ने

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता, विद्यार्थीलाई पूँजीबजार सम्बन्धी ज्ञान प्रदान गर्ने



काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच सम्झौता भएको छ । बुधबार सेन्ट जेभियर्स कलेजमा एक कार्यक्रमबीच कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने गरी उक्त सम्झौता भएको हो ।

कार्यक्रममा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिन थोमस एसजेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप–प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख मह प्रसाद श्रेष्ठको उपस्थिती रहेको थियो ।

सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधीक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL