Logo

८ अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

८ अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट



काठमाडौं । साताको चौथो दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ८.३९ अंकले बढेर बन्द भएको छ । पछिल्लो समय लगातार घटिरहेको सेयरबजारमा बुधबार केहि वृद्धि हुँदा नेप्से १८ सय ७५ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर २ सय ६२ कम्पनीका २६ लाख २ हजार ९ सय ५६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८१ करोड ६० लाख ८६ हजार रुपैयाँमा सीमित् भएको छ । अघिल्लो दिन मंगलबार भने कारोबार रकम ९१ करोड माथि पुगेको थियो ।

आज कारोबार अवधिभर १ सय ४६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ६४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्