Logo

सूर्य नेपालको मिन्टो–ओ बाइट टफी बजारमा, मिन्ट स्वादमा ट्वीस्ट र्याप प्याकमा उपलब्ध

सूर्य नेपालको मिन्टो–ओ बाइट टफी बजारमा, मिन्ट स्वादमा ट्वीस्ट र्याप प्याकमा उपलब्ध



काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्टो–ओ बाइट नेपाली बजारमा सार्वजनिक गरेको छ ‘फ्रेसनेस इन एभ्रि बाइट’ को नारा सहित प्रर्वद्र्धन गरिएको यो उत्पादन “मिन्ट” स्वादमा ट्वीस्ट र्याप प्याकमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

आकर्षक मूल्य सहित मिन्टो ओ बाइट ५ रुपैयाँमा २ वटा उपलब्ध हुनेछ । मिन्टो–ओ बाइटको प्रयोगले अद्भुत सितलताको आभाषको साथै रिफ्रेशिङ्ग अनुभव पनि गराउने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मिन्ट स्वादले ताजा श्वास को साथै आत्मविश्वास पनि जगाउनेछ । अक्वा निलो र्यापरमा उपलब्ध मिन्टो–ओ बाइट बजारमा अरु उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरु भन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ ।

मिन्ट स्वाद रुचाउने ग्राहकहरुले मिन्टो–ओ बाइट टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् । मिन्टो–ओ बाइट नेपालभरका खुद्रा पसल तथा सुपरमार्केटहरुमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL