Logo

हुवावेको जिआर थ्री बजारमा, मूल्य रु २२ हजार

हुवावेको जिआर थ्री बजारमा, मूल्य रु २२ हजार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले जि सिरिजमा नयाँ स्मार्टफोन जिआर थ्री बजारमा ल्याएको छ । नयाँ प्रविधियुक्त सो स्मार्टफोनको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

सो स्मार्टफोनमा राम्रो कनेक्टिभिटी र डिजाइनको उत्कृष्ट मिश्रण रहेको कम्पनीको दाबी छ । यसमा ८ कोर ६४ बिट सिपियु रहेको छ । जसले फोरजी एलटिई क्याटफोर नेटवर्क समेत सपोर्ट गर्छ । त्यस्तै स्मार्टफोनमा २ जिबी र्याम र १६ जिबी रोम रहेको छ ।

जिआर थ्रीमा भएको १३ मेगापिक्सेल ब्याक र ५ मेगापिक्सेल फ्रन्ट क्यामराले जिवन्त तस्विर कैद गर्न सकिन्छ । त्यस्तै सेल्फी पारखीका लागि समेत यो स्मार्टफोन उत्कृष्ट रहेको छ ।

स्मार्टफोनको क्यामेरामा अडियो क्यामरा कन्ट्रोल, अल्ट्रा फास्ट स्न्यापसट्, प्यानोरामिक सेल्फ जस्ता विेशषताहरु रहेका छन् । यो स्मार्टफोन बजारमा टाइटेनियम ग्रे, सिल्भर र स्याम्पियन गोल्ड गरी तीन कलरमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL