Logo

करिव ३ अंकले बढ्यो नेप्से, १ अर्व ८ करोडको कारोवार

करिव ३ अंकले बढ्यो नेप्से, १ अर्व ८ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक २ दशमलव ९१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ९९ दशमलव ३२ अंकमा पुगेर बन्द भएको हो ।

विहीवार वीमा समुहको परिसुचक सवैभन्दा बढी ३३ दशमलव ९२ अंकले बढेको छ । त्यस्तै जलविद्युत समुह ८ दशमलव ८,विकास बैंक ६ दशमलव ८२,फाइनान्स ५ दशमलव ९३, र होटल समुह ३ दशमलव ३४ अंकले बढेको छ ।

यता सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक १ दशमलव ३४ अंकले उकालो लागेको छ ।

तर उत्पादन समुहको परिसुचक भने ३४ दशमलव ६६ अंकले घटेको छ । बिहीवार १ सय ३४ कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको १९ लाख ६३ हजार कित्ता सेयरबाट १ अर्व ८ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL