Logo

सीडीएसको अध्यक्षमा थपलिया, अन्य दुई सदस्य पनि चयन

सीडीएसको अध्यक्षमा थपलिया, अन्य दुई सदस्य पनि चयन


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता ।

नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक सिताराम थपलिया औपचारिक रुपमै सीडीएस एण्ड क्लियरिङ लिमिटेडको अध्यक्ष बनेका छन् । बुधवार सीडीएसको नयाँ सञ्चालक समिति गठन गरेर थपलियालाई अध्यक्ष बनाइएको नेप्सेले बताएको छ । उनी नेप्सेको सञ्चालक समितिमा पनि सदस्य छन् ।

सीडीएस सञ्चालक समितिमा नेप्सेका अरु दुई कर्मचारी पनि सदस्य चयन भएका छन् । नवगठित समितिमा प्रमोद भट्टराई र कृष्ण पोखरेल सदस्य बनेका हुन् । भट्टराई नेप्सेका १० औं तहका अवकाशप्राप्त कर्मचारी हुन् । उनलाई नेप्सेले १  वर्षको करारमा परामर्श दाता बनाएको छ भने पोखरेल नेप्सेका ९ औं तहका कर्मचारी हुन् ।

यसअघि अर्थ मन्त्रालयले सीडीएसमा नेप्सेका कर्मचारीहरुमात्रै राखेर बेग्लै सञ्चालक समिति बनाउन निर्देशन दिएको थियो । नेप्सेको सञ्चालक समितिले पनि गत सोमबार बैठक बसेर अर्थ मन्त्रालयको निर्देशनलाई निर्णयमा बदलेपछि थपलियालाई अध्यक्ष बन्न बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL