काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोशिएट्सले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ५८ लाख ६० हजार कित्ता सेयर निश्काषनका लागि मेगा क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङसँग सम्झौता गरेको हो । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले ५८ करोड ६० लाख रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित सेयर निश्काषनका उक्त सम्झौता भएको हो ।
एक कार्यक्रमबीच ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका प्रमुख वित्त अधिकृत पुर्ण मान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख – मार्केटिङ विभाग गिरी राज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनिल कुमार महर्जन समेतको उपस्थिति रहेको थियो