Logo

पाँच अंकले घट्यो नेप्से, कारोबार रकम ९१ करोडमा सीमित

पाँच अंकले घट्यो नेप्से, कारोबार रकम ९१ करोडमा सीमित



काठमाडौं । साताको तेस्रो दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५.२० अंकले ओरालो लागेको छ । कारोबार समयएको सुरुवातिदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा सामान्य अंकले घट्दै १८ सय ६६ को विन्दुमा पुगेको हो ।

आज दिनभर २ सय ६४ कम्पनीका २८९ लाख ७१ हजार ९ सय ४७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ९१ करोड ७६ लाख १० हजार २ सय ९६ रुपैयाँ पुगेको छ ।

आज दिनभरको कारोबारमा १ सय १६ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ८६ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज कालिन्चोक दर्शन लिमिटेडको सेयरमूल्य सकारात्मक सर्किट नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्