Logo

रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी अब नेपालमा, यस्तो छ मूल्य र विशेषता

रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी अब नेपालमा, यस्तो छ मूल्य र विशेषता



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी गरि दुईवटा फोनहरू समावेश छन् ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन्जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । भर्खरै लन्च भएको फ्ल्यागशिप-लेभल स्पेसिफिकेशन समावेश रेड्मी नोट १२ सिरिजले पनि अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शनको साथ हाम्रो यहि मूल दर्शनलाई झल्काउँछ ।’

शक्तिशाली प्रदर्शनी

Snapdragon®685 मोबाइल प्लेटफर्मले सुसज्जित, रेड्मी नोट १२ ले मल्टिटास्किङ अनुभव प्रदान गर्दछ जसमा फोटोग्राफी, गेमिङ, अडियो र स्ट्रिमिङमा सहज र प्रभावकारी हुन्छ । जहाँ रेड्मी १२ प्रो ५जीMediatek Dimensity 1080 प्रोसेसरद्वारा संचालित छ, यसले कनटेन्ट क्रेटर खेल र ५ जी जडानको लागि प्रभावशाली भरपर्दो प्रदर्शन प्रदान गर्दछ।

ब्याट्री ब्याकअप तथा चार्जिङ

५०० एमएएच ब्याट्री जडित रेड्मी नोट १२ प्रो ५जी लामो समयसम्म चल्नेछ, जसले तपाईंलाई पूरा दिन सक्रिय रहन मद्दत गर्दछ । यो स्मार्टफोन ६७ डब्लु को चार्जिङ अडाप्टरको साथ उपलब्ध छ । साथै, यसमा भएको फ्ल्यागशिप ६७ टर्बो चार्जिङ सुविधाले तपाईंलाई १५ मिनेटमै दिनभरको लागि पावर ब्याकअप प्रदान गर्दछ । दैनिक आधारमा मूल्य र विश्वसनीयता प्रदान गर्दै आएर्कोै, रेड्मी नोट १२ले एमएमटी टेक्नोलोजीको साथ ३३ डब्लू को फास्ट चार्जिङ रहेको छ जसले स्थिर र प्रभावकारी प्रक्रिया सुनिश्चित गर्दछ ।

प्रभावशाली क्यामेरा इनस्टाइल

रेड्मी नोट १२प्रो मा ५०एमपी ट्रिपल क्यामेरा सेटअप रहेको छ जसको मुख्य क्यामेरामा रहेको IMX766 सेन्सरले विशेष हाई–एन्ड फोन सुविधा प्रदान गर्दछ । यसको 1.0μm ठूलो पिक्सेल साइजको साथ प्रयोगकर्ताहरुलेसोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ । एसको साथै प्रभावशाली छण्ःए ट्रिपल क्यामेरा सेटअपको साथ, रेड्मी नोट १२ ले हरेक परिदृश्य र सबै प्रकारको प्रकाशमा उत्कृष्ट तस्बिरहरू लिन्छ ।

बजार उपलब्धता

रेड्मी नोट १२ः ४जीबी १२८जीबी, ६जीबी १२८जीबी,८जीबी १२८जीबी मा 1TB सम्म विस्तारयोग्य भण्डारण सहित तीन स्टोरेज भेरियन्टमा उपलब्द यो फोनको मूल्य क्रमशः २२,९९९ रूपैयाँ, २४,९९९ रूपैयाँ र २६,९९९ रूपैयाँ रहेको छ ।
रेड्मी नोट १२ प्रो ५जीः ६जीबी १२८जीबी,८जीबी २५६जीबी गरि दुईस्टोरेज भेरियन्टमा उपलब्द यो फोनको मूल्य क्रमशः ३८,९९९ रूपैयाँ र ४१,९९९ रूपैयाँ रहेको छ ।

साथै, वर्षा राउतद्वारा रेड्मी नोट १२ सिरिज, आज निऊँ रोडको ताम्राकार हाउसमा लन्च हुने भएको छ । रेड्मी नोट १२, ३ अप्रिल, २०२३ देखि नेपालभरका सबै अधिकृत मि स्टोरहरू र शाओमीका अधिकृत रिटेलरहरूमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL