काठमाडौं । साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा १६.६७ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागिरहेको नेप्से परिसुचक अन्तिममा दोहोरो अंकले घट्दै १८ सय ७१ विन्दुमा पुगेर रोकिएको हो ।
आज दिनभर २ सय ६० कम्पनीका २८ लाख २९ हजार ४ सय ३६ कित्ता सेयर किनबचे हुँदा कारोबार रकम भने ९२ करोड २ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ ।
आज दिनभर भएको कारोबारमा १ सय ७३ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ३३ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।