Logo

थप पेनिक बन्दै लगानीकर्ता, अर्थतन्त्रले नयाँ अर्थमन्त्री पाउँदा नेप्सेमा २० अंकको गिरावट

थप पेनिक बन्दै लगानीकर्ता, अर्थतन्त्रले नयाँ अर्थमन्त्री पाउँदा नेप्सेमा २० अंकको गिरावट



काठमाडौं । पछिल्लो डेढ महिनादेखि रिक्त रहेको अर्थ मन्त्रालयमा नयाँ नेतृत्व आएपनि सेयर लगानीकर्तामा भने उत्साह देखिएन । साताको पहिलो दिन आईतबार पनि नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा २० अंकको गिरावट आएको छ । गएको शुक्रबार प्रकाश शरण महतले नयाँ अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गरेपछि त्यसको पहिलो दिन नै नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा नेप्से विन्दु १८ सय ८८ मा झरेको छ ।

आज दिनभर २ सय ६० कम्पनीका ३७ लाख ८७ हजार २ सय ४१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २० करोड ७१ लाख २२ हजार रुपैयाँ नाघेको छ । आज दिनभरको कारोबारमा १ सय ८९ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा जम्मा २३ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL