Logo

नेप्से परिसुचक १५ सय नजिक, १३ अंकले बढ्दा १ अर्ब कारोवार

नेप्से परिसुचक १५ सय नजिक, १३ अंकले बढ्दा १ अर्ब कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक १ हजार ५ सय अंक नजिक पुगेको छ । परिसुचक १२ दशमलव ७३ अंकले बढ्दा नेप्से परिसुचक १ हजार ४ सय ९६ दशमलव ४१ अंकमा पुगेर अडिएको छ ।

बजारमा बीमा र बैंकिङ समुहको परिसुचक बढ्दा समग्र नेप्से परिसुचक बढेको हो । बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ९ अंकले बढेको छ । यसैगरी बजारमा प्रभाव पार्ने बैंकिङ् समुहको परिसुचक १५ दशमलव २७ अंकले उकालो लागेको छ ।

बजारमा विकास बैंक तथा फाइनान्स समुहका परिसुचक समान्य बढेको छ भने उत्पादनमुलक तथा अन्य समुहका परिसुचक भने घटेको छ । दिनभर कुल १ सय ३६ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल १ अर्ब २ करोड रुपैयाँ बरावरको १४ लाख २३ हजार कित्ता सेयर करोवार भएको छ ।

बजारमा सवैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको सेयर कारोवार बढी भएको छ । उक्त कम्पनीको १५ करोड ४२ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । यसैगरी, दोस्रोमा नेपाल वंगलादेश बैंकको ६ करोड १७ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL