काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १०.८७ अंकले घट्दै १९ सय ८ को विन्दुमा पुगेको हो ।
आज दिनभर २ सय ५४ कम्पनीका २७ लाख ५० हजार ६ सय ५५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ८९ करोड ९५ लाख ३२ हजार रुपैयाँमा सीमित भएकाे छ । आज दिनभरको कारोबारमा १ सय ५७ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४९ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिन्छ ।