काठमाडौं । बिपीडब्लु लघुवित्त वित्तीय संस्था र मेगा क्यापिटल मार्केट्सबीच सम्झौता भएको छ । दुई संस्थाबचि सेयर रजिष्ट्रार सम्बन्धी सम्पुर्ण कार्य गर्नको लागि सम्झौता भएको हो ।
बुधबार एक कार्यक्रमका बीच बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल मार्केट्सका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा मेगा क्यापिटल मार्केट्स लिमिटेडका मार्केटिङ डिपार्टमेन्ट हेड गिरी राज पोखरेल र मर्चेन्ट बैकिङ इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति रहेको थियो
।
सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केट्स लिमिटेड, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।