Logo

हुण्डाईको हेलो हुण्डाई ओनर्स शुरु, दुई बिजेताले युरोकपको फाइनल खेल हेर्न पाउने

हुण्डाईको हेलो हुण्डाई ओनर्स शुरु, दुई बिजेताले युरोकपको फाइनल खेल हेर्न पाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले युरोकप २०१६ लक्षित नयाँ कार्यक्रम घोषणा गरेको छ । कम्पनीले सोमबार देखि लागु हुनेगरी ‘हेलो हुण्डाई ओनर्स’ कार्यक्रम लागु गरेको हो ।

कार्यक्रम अन्तर्गत लक्ष्मी इन्टरकन्टिनेन्टलले दुई जना भाग्यशाली विजेताहरुले युरो कपको फाइनल खेल हेर्न मौका पाउने बताइएको छ । विजेताको छनोट गोला प्रथाबाट हुनेछ । यो गोला प्रथामा डब्लडब्लुडब्लु डट लक्ष्मी हुण्डाई डट कम स्ल्यास युरो २०१६ मा दर्ता गरेका हुन्डाई प्रयोगकर्ता सहभागी हुनेछन् । यो कार्यक्रम जेठ १८ गतेसम्म लागु हुनेछ ।

युरोकप २०१६मा साझेदारी गरेर हुन्डाईले फुटबल मार्केट्रि क्षेत्रमा अटोमोबाइल उद्योगको प्रतिनिधित्व गरेको छ । हुन्डाईले सन् २०१७ सम्म युइएफएसँग सहकार्य गरी विभिन्न स्थानमा खेलाडी, पदाधिकारी र अतिथिको सुरक्षा एवम् आरामदायी यातायातको सुनिश्चिता व्यवस्था गर्ने बताइएको छ ।

युरोकपको अवसरमा हुन्डाई युइएफए युरोपकप २०१६को ग्लोबल पार्टनरद्वारा संसारभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जानकारी पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले दिएको छ । नेपाली ग्राहकहरुलाई यरोकप २०१६को महसुस गराउन लक्ष्मी इन्टरकन्टिनेन्टलले यो कार्यक्रम शुरु गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL