Logo

साढे ४ अंकले घट्यो नेप्से, ७७ करोड ५९ लाखको कारोवार

साढे ४ अंकले घट्यो नेप्से, ७७ करोड ५९ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवार नेप्से परिसुचक ४ दशमलव ५६ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ७७ दशमलव ३८ अंकमा झरेर बन्द भएको हो ।

आइतवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । आइतवार वीमा समुहको परिसुचक ३३ दशमलव ५६ अंकले ओरालो लागेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभव रहेको बैंकिङ समुहको परिसुचक ७ दशमलव ३७ अंकले घटेको छ ।

सो दिन जलविद्युत,फाइनान्स,होटल र विकास बैंक समुहको परिसुचक क्रमशः ७ दशमलव १६,५ दशमलव ७४, ५ दशमलव १२ र ३ दशमलव ५६ अंकले घटेको छ । यता अन्य समुहको परिसुचक भने १६ दशमलव ४४ अंकले बढेको छ ।

आइतवार १ सय ३२ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १० लाख ९२ हजार कित्ता सेयरबाट ७७ करोड ५९ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL