काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक २४.६८ अंकले घटेको छ । कारोबारको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको बजार अन्तिम समयमा दोहोरो अंकले घट्दै १९ सय ५१ को विन्दुमा पुगेको हो ।
बजारमा आज दिनभर २ सय ५६ कम्पनीका ३३ लाख ६९ हजार १ सय ३६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १६ करोड २५ लाख ३ हजार ५ सय १५ रुपैयाँमा सीमित भएको छ । आज दिनभरको कारोबारमा १ सय ८७ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा अन्य २४ कमपनीको सेयरमूल्य मात्रै बढेको छ ।