Logo

२ दशमलव ८६ अंकले घट्यो नेप्से, कारोवार रकम १ अर्व १० करोड

२ दशमलव ८६ अंकले घट्यो नेप्से, कारोवार रकम १ अर्व १० करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक २ दशमलव ८६ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ८१ दशमलव १८ अंकमा पुगेर बन्द भएको हो ।

बुधवार अन्य समुहको परिसुचक सवैभन्दा बढी १४ दशमलव १ अंकले घटेको छ । त्यस्तै उत्पादन समुह १३ अंक र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुह ८ दशमलव २४ अंकले ओरालो लागेको छ । सो दिन जलविद्युत समुह ७ दशमलव ४१ अंकले घटेको छ ।

यता बीमा,होटल र विकास बैंकको पसिुचक भने उकालो लागेको छ । ती समुहको परिसुचक क्रमशः ९१ दशमलव३९,१८ दशमलव ३८,५ दशमलव ६१ र ३ दशमलव ६ अंकले बढेको छ ।

बुधवार १ सय ३५ समुह कारोवारमा आएका थिए । ती कम्पनीको १७ लाख ९६ कित्ता सेयरबाट १ अर्व १० करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL