Logo

कार्ल्सबर्गले ‘लिभ इट लाइभ’ योजनाको विजेता घोषणा,११ जना बने विजेता

कार्ल्सबर्गले ‘लिभ इट लाइभ’ योजनाको विजेता घोषणा,११ जना बने विजेता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कार्ल्सबर्गले ‘लिभ इट लाइभ’ योजनाको विजेता घोषणा गरेको छ । अभियानका विजेताले भिआइपी सत्कारका साथ युरोप नै पुगेर युरो कप फुटबल प्रत्यक्ष हेर्ने मौका पाउने बताइएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान बिराज महर्जन, प्रशिक्षक राजु शाक्य र मिस नेपाल -२०१५ इभाना मानन्धरले ११ विजयी कुपनहरुको लक्की ड्र गरे । ११ मध्ये एक भाग्यशाली विजेता उपभोक्ता र १० भाग्यशाली ट्रेड पार्टनर हुन् ।

विजेता उपभोक्ताले जुन १७ मा फ्रान्समा हुने इटाली र स्वीडेन बीच हुने खेलको प्रत्यक्ष हेर्न पाउनेछन् । उक्त खेलको म्यानअफ द म्याच अवार्ड प्रदान गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।

भाग्यशाली विजेताले आफ्नो साथमा एक जना साथीलाई पनि फ्रान्समा खेल हेर्ने लग्न सक्नेछन् । त्यसैगरी, विजेता ट्रेड पाटनरहरुले जुन २२ माहुने आइसल्याड र अस्ट्रियाबीचको खेलको प्रत्यक्ष मजा लिने अवसर प्राप्त गर्नेछन् ।

दश टेड्र पार्टनरहरुमध्ये एक भाग्यशाली विजेताले खेलको म्यानअफ द म्याच अवार्ड प्रदान गर्ने अवसर पनि पाउने गोर्खा बु्रअरीका प्रबन्ध निर्देशक फिलिप नोर्लेले जानकारी दिए । योजना अन्तरगत विजेता भएकाहरु युरो कप हेर्न जाँदा लाग्ने सम्पूर्ण खर्च काल्र्सबर्गले व्यहोर्ने बताइएको छ ।

कम्पनीका बजार प्रमुख वैभव शर्माले ‘लिभ इट लाइभमार्फत आफ्नो बाचा पूरा गर्न पाएकोमा खुसी व्यक्त गरे । दुई महिना लामो अभियान मार्च महिनामा सुरु भएको थियो । यसको सञ्चालन नेपाल भरका झण्डै ३ हजार आउटलेटबाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL