Logo

आईएमएस ग्रूपले भित्र्यायो कोरियाली मोटर स्याङ्योङ, बुधबारबाट विक्री शुरु

आईएमएस ग्रूपले भित्र्यायो कोरियाली मोटर स्याङ्योङ, बुधबारबाट विक्री शुरु


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । आईएमएस ग्रूपले स्याङ्योङ मोटर कम्पनीका गाडीहरु नेपाली बजारमा भित्र्याएको छ । आईएमएस ग्रूप अन्तरगत आईएमएस मोटरले कोेरियाली मोटर निर्माता कम्पनी स्याङ्योङ कम्पनीका गाडीहरु नेपाली बजारमा भित्र्याएको हो ।

आईएमएसले बुधबार एक कार्यक्रमबीच सो कम्पनीका मोटरहरु नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपाली बजारमा स्याङ्योङ कम्पनीबाट उत्पादित सम्पूर्ण प्यासेन्जर भेइकल विक्री वितरण गरिने आईएमएस ग्रूपका अध्यक्ष दिपक मलहोत्राले बताए । ‘सो कम्पनीका धेरै जसो मोडलहरु नेपाल भित्र्याइसकेका छौं,’ उनले भने, ‘आगामी दिनमा उक्त कम्पनीबाट उत्पादित सम्पूर्ण नयाँ मोडलका गाडी ल्याइने छ ।’

tivoli

 

सुरक्षित यात्रामा विषेश ध्यान दिने स्याङ्योङ कम्पनीको उत्पादनले ‘दि अटोमोवाइल सेफ्टी टेष्ट कण्डकट अवार्ड’ समेत प्राप्त गरेको छ । सो कम्पनीबाट उत्पादित टिभोलीले सन् २०१५ मा कोरियन न्युन कार यसेस्मेण्ट प्रोग्रा र ल्याण्ड एण्ड इफ्रास्टक्चर एण्ड ट्रान्सपोर्ट मन्त्रालयले दिने सो अवार्ड प्राप्त गरेको थियो ।

यसैगरी सन् २०१५ कै क्रयास सेफ्टी, प्यासेन्जर प्रोटेक्सन, ड्राइभिङ पर्फमेन्स र एसीडेन्ट प्रिभेन्टेसन टेष्टमा समेत उत्कृष्ट अंक प्राप्त गरेको थियो । दक्षिण कोरियाको प्रसिद्ध स्याङ्योङ मोटर कम्पनी स्याङ्योङले विश्वका ८२ भन्दा बढी मुलुकमा आफ्ना एसयुभी गाडी विक्री गर्दै आईरहेकोे छ ।

मोवाइल, ज्वेलरी, रियलस्टेटजस्ता व्यापार व्यवसाय गर्दै आएको आईएमएस ग्रूूप पहिलो पटक अटोमोवाइल क्षेत्रमा प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL