Logo

बैंकिङ समुह ओरालो लाग्दा सामान्य बढ्यो नेप्से, १ अर्ब ७ करोडको कारोवार

बैंकिङ समुह ओरालो लाग्दा सामान्य बढ्यो नेप्से, १ अर्ब ७ करोडको कारोवार


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । बजारमा नेप्से परिसुचक सामान्य मात्र बढेको छ । बजारमा प्रभाव पार्ने बैंकिङ समुह ओरालो लागेपछि नेप्से परिसुचक समान्य मात्र बढेको हो ।

मंगलबार नेप्से परिसुचक १ दशमलव १४ अंकले मात्र उकालो लागेको छ । बजार खुलेको केही समय उकालो लागेको नेप्से अन्तमा आरोलो लागेको हो ।

बजारमा बीमा, होटल तथा जलविद्युत लगायतका समुह बढ्दा नेप्से परिसुचक उकालो लागको छ । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ९१ अंकले उकालो लागेको छ । बीमा समुहको परिसुचक उच्च रुपमा बढेपनि बैंकिङ समुह ओरालो लाग्दा समग्र नेप्से परिसुचक उच्च रुपमा बढ्न सकेन ।

बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक झण्डै ८ अंकले ओरालो लागेको छ भने विकास बैंकल समुहको परिसुचक पनि २ दशमलव ७ अंकले घटेको छ ।

मंगलबार पनि सेयर कारोवार रकम १ अर्ब रुपैयाँ नाघेको छ । दिनभर १ अर्ब ७ करोड रुपैयाँ बरावरको १९ लाख १० हजार कित्ता सेयर खरिद विक्री भएको छ । जसमध्ये सवैभन्दा बढी नेपाल बैंक लिमिटेडको ७ करोड ४६ अर्ब रुपैयाँ बरोवरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL