Logo

१३ औं हस्तकला व्यापार मेला सम्पन्न, ६ करोडको कारोबार

१३ औं हस्तकला व्यापार मेला सम्पन्न, ६ करोडको कारोबार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी १३ औं हस्तकला व्यापार मेला सोमवार सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेले मेलाको औपचारिक समापन गरेका थिए ।

सो अवसरमा हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली हस्तकला हस्तकला र पर्यटन बीच नङ र मासु जस्तै सम्बन्ध रहेको बताए । साथै सम्बन्धलाई मूर्त रुप दिन भारत र अन्य छिमेकी मुलुकहरुले जस्तै नेपालले पनि हस्तकला विकासको निमित्त दीर्घकालिन नीति र कार्यक्रम बनाई सरकारले समन्वयात्मक रुपमा विकास गर्न जरुरी भएको बताए ।

सो को लागि आवश्यक कानुनी आधार र सो अनुसारको सांगठनिक संयन्त्रको व्यवस्था, पूर्वाधार एवं सुबिधा र प्रभावकारी कार्यक्रमहरु संचालन गर्न सकिएमा हस्तकला व्यवसायलाई गाँउ गाँउ सम्म विकास एवं विस्तार गर्न सक्नेमा विश्वश्त रहेको धारणा व्यक्त गरे । उनले देशको समग्र विकासको लागि नेपाली हस्तकला क्षेत्रको विकास आवश्यक रहेको औल्याए । साथै हस्तकलाको विकासको लागि भईरहेका प्रयासहरुलाई संस्थागत गर्न सार्क हस्तकला विकास केन्द्र आवश्यक भएको भन्दै पूर्वाधार विकासको निमित्त यस आर्थिक वर्षको बजेटमा सोको लागि बजेट बिनियोजन गर्न उद्योग मन्त्रालयलाई अनुरोध गरे ।

मेलाको समापन समारोहमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले विकास निर्माणको लागि हस्तकला उद्योग व्यवसायलाई प्रबद्र्धन गर्नको लागि अबको बजेटले सम्बोधन गर्ने छ भन्ने विश्वास लिएको बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले नेपाली हस्तकला संस्कति संग सुम्बन्धीत भएकोले संस्कृति मन्त्रालय जहिलेपनि नेपाली हस्तकलालाई बजारीकरण गरी विश्व बजारमा प्रबद्र्धन गर्नको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सदा सकारात्मक भएको बताए । साथै नेपाली हस्तकलाको विकासको लागि यस्ता किसिमका मेलाले निकै नै महत्वपूर्ण भूमिका खेल्ने हुँदा यस्ता किसिमका मेलाको आयोजना समय समयमा गर्दै जानु पर्ने बताए ।

मेलामा रहेका पेभिलियनहरु मध्येबाट उत्कृष्ट सबा नेपाल ले रु १ लाख पचास हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरको छ ।त्यसैगरी स्टलहरु मध्येमा सर्वोत्कृष्ट धनुषा हस्तकला उद्योग संघले रु २५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त ग¥यो ।

यसै गरी मेलाको प्रमुख आकर्षणको रुपमा रहेको ११ औं प्रतियोगितात्मक प्रदर्शनीमा प्रस्तर विधामा प्रथम रबीन्द्र बज्राचार्य योगेन्द्र बज्राचार्य, तृतीय स्थान रुपेश बज्राचार्यले प्राप्त गरे । फेल्ट र उल विधामा प्रथम स्थान अजिन ताम्राकार र रचना ताम्राकार द्धितिय स्थान मिठू मगर र तृतीय स्थान रमिला तामाङले प्राप्त गर्नु भयो । दुबै विधाका विजेताले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर गरेका थिए ।

पाँच दिनसम्म चलेको मेलामा करिब २ लाख ५० हजार अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । साथै करिब ६ करोडको हाराहारीमा प्रत्यक्ष कारोबार भएको बताइएको छ । त्यस्तै निकै ठूलो परिमाणमा अर्डर समेत भएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL