Logo

१४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने खुम्चियो

१४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने खुम्चियो



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक १४.४१ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको बजार दिउँसो १ बजेपछि ओरालो यात्रा तय गरेपनि अन्तिममा दोहोरो अंकले बढेर १९ सय ५२ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर २ सय ६१ कम्पनीका ४० लाख ५९ हजार १ सय ४९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २० करोड ४४ लाख रुपैयाँमा खुम्चिएको छ । आज कारोबार भएकामध्ये १ सय ६३ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ४५ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्