Logo

अमेरिकामा हुने एक्स्पोमा नेपलिज दिकलेक्सन सहभागि हुँदै, १ दर्जन नेपाली उत्पादन प्रदर्शन गरिने

अमेरिकामा हुने एक्स्पोमा नेपलिज दिकलेक्सन सहभागि हुँदै, १ दर्जन नेपाली उत्पादन प्रदर्शन गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अमेरिकाको लसभेगासस्थित एसडी मार्केटमा हुने अन्तर्राष्ट्रिय एक्सपोमा नेपालबाट नेपलिज दिकलेक्सन प्रालिले सहभागिता जनाउने भएको छ । अफोर्डेबल सपिङ डेष्टिनेशन (एएसडी) मा हुने उक्त मेलामा नेपालको तर्फबाट सहभागि हुने नेपलिज दिकलेक्सनले यस अघि ३ पटक सहभागिता जनाइसकेको छ ।

अमेरिकी सरकारले नेपालबाट निर्यात गरिने सामानमा छुट दिएको अबसरलाई सदुपयोग गर्दै नेपाली उत्पादन प्रदर्शनीमा ब्यापारका लागि राखिने एएसडीका नेपाल प्रतिनिधीजुनी बज्र बज्राचार्यले बताए । उनका अनुसार मेलामा ह्याण्डी क्राफ्ट, पश्मिना, सिल्भर ज्वलरी, अर्गानिकउत्पादन, थांका, उडन क्राफ्ट, गार्मेन्टस लगायतदर्जन बढी उत्पादन प्रदर्शन गरिने छ ।

एसडी मार्केटमा भएको पहिलो संस्करणमा २ वटा, दोस्रो संस्करणमा ३ वटा र तेस्रो संस्करणमा ५ वटा स्टल राखेर नेपालको प्रतिनिधित्व गरेको थियो ।
यसपटक १० वटा स्टल राखिने बताइएको छ । लस भेगासमा हुने यस एक्सपोमा ४५ हजार भन्दा बढी स्टलमा २७ सय भन्दा बढी कम्पनीहरुले सहभागिता जनाउने छन् । ९५ देशको सहभागिता रहने यो मेला ५५ बर्षदेखि चल्दै आएको छ ।

बिदेशीहरुले बिशेष गरि हातबाट बनेका नेपाली उत्पादन मन पराउने गरेको बताइएको छ । त्यस्ता सामानमार्फत नेपालले अन्तराष्ट्रियस्तरमा बजारीकरण गर्न सके राम्रो हुने एएसडी मेलाका इन्टरनेशनल बिजनेश डेपलपमेन्ट मेनेजर स्टेफन स्ट्यागलियानोले बताए ।

होलसेल बजारमा चीनको प्रभाव राम्रो भएपनि आर्ट एण्ड क्राफ्ट डिजाइनमा नेपाल अझै पनि नम्बर एक रहेको स्टेफनले दावी गरे । यस अघि भएको एक्सपोमा नेपालको तर्फबाट २० भन्दा बढी व्यवसायीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्