Logo

घर जाने हर्ष योजनाको पाँचौ हप्ताको विजेता घोषित, जापान–नेपाल हवाई टिकट थापालाई

घर जाने हर्ष योजनाको पाँचौ हप्ताको विजेता घोषित, जापान–नेपाल हवाई टिकट थापालाई


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । आईएमई क्योदाई घर जाने हर्ष योजनाको पाँचौ हप्ताको विजेता घोषणा गरिएको छ । योजना अन्तर्गत ट्रान्जेक्शन नम्बर ९०८०१८४८१५का जीत बहादुर थापाले जापान–नेपालका लागि एउटा राउण्ड ट्रीप हवाई टिकट अन्तर्गत सबैभन्दा प्राप्त गरेका छन् ।

आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा नयाँ वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि अप्रिल १ देखी लागु हुने गरी ३ महिने योजना ल्याएको हो । क्योदाई जापान र आईएमई लिमिटेडले हरेक हप्ता सफ्टवेर पद्वातिमा आधारित गोलाप्रथाबाट उक्त नतिजा सार्वजनिक गर्दै आएको छ ।

यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्नुहुने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ड्रमा सहभागी भई हरेक हप्ता जापान–नेपालका लागि राउण्ड ट्रिप टिकेट जित्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्