Logo

साढे ९ अंकले बढ्यो नेप्से, ९३ करोड ७७ लाखको कारोवार

साढे ९ अंकले बढ्यो नेप्से, ९३ करोड ७७ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ९ दशमलव ५६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ७२ दशमलव ६९ अंकमा पुगेर बन्द भएको छ ।

आइतवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्कम प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ५७ दशमलव ६९ अंक्ले उकालो लागेको छ ।

त्यस्तै सेयर बजारमा बढी प्रभव रहेको बैंकिङ समुह १३ दशमलव ८ अंकले बढेको छ । सो दिन फाइनान्स, विकास बैंक र अन्य समुहको परिसुचक क्रमशः ५ दशमलव २७,४ दशमलव ८ र ४ दशमलव ७ अंकले उकालो लागेको छ ।

यता उत्पादन,होटल तथा जलविद्युत समुहको परिसुचक भने ८१ दशमलव ९९, २१ दशमलव १७ र ४ दशमलव ७४ अंकले घटेको छ । आइतवार १ सय ३२ कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको १४ लाख ५२ हजार कित्ता सेयरबाट ९३ करोड ७७ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्