Logo

आइएमई पे को पे विथ लिंक बैंक सुविधा, बैंकसँग लिंक गरे १०० पाईने

आइएमई पे को पे विथ लिंक बैंक सुविधा, बैंकसँग लिंक गरे १०० पाईने



काठमाडौं । आइएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अवदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरि आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्ने भएका छन् ।

यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरे वापत १ सय रुपैयाँ र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा २ सय ५० देखि ७ सय रुपैयाँसम्मको क्यासब्याक बैंक लिंक गरि कारोबार गर्दा प्राप्त हुनेछ ।

थपिएको यस सेवाले बैंक प्रयोगकर्ताहरूलाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्दछ भने ठूलो रकमको भुक्तानीमा पनि सिधैं पे विथ लिंक बैंक छनोट गरि भुक्तान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL