Logo

ओटीसी बजारलाई पूर्ण कार्यन्यनमा ल्याउन बोर्डको निर्देशन, बजार थप व्यवस्थित हुने

ओटीसी बजारलाई पूर्ण कार्यन्यनमा ल्याउन बोर्डको निर्देशन, बजार थप व्यवस्थित हुने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ओभर द काउउण्टर (ओटीसी) बजारलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । आजभन्दा ७ वर्ष अघि ओटीसी संचालन सम्बन्धी नियमवली कार्यान्वयनमा आएपनि हालसम्म नेपाल बैंक लगायत ४ वटा संस्थाको सेयर मात्र ओटीसी बजारमा आएकाले बोर्डले उक्त निर्देशन दिएको हो ।

ओटीसी बजार संचालन सम्बन्धी नियमावली अनुसार धितोपत्र बोर्डले सुचिकरण खारेज गरेका कम्पनीका सेयर, बोर्डमा सुचिकरणका लागि आवश्यक प्रक्रिया पुरा नगरेका कम्पनी, सुचिकरणमा नआएका पब्लिक कम्पनी तथा सरकारी संस्थाले सार्वजनिक निष्काशन गरेका सेयरहरु ओटीसी बजारमा अन्तरगत कारोवार हुने गर्दछ । तर, यसलाई संचालनमा नल्याउँदा समस्या उत्पन्न भएको बोर्डले जानकारी दिएको छ ।

हाल बजारमा ४ बटा संस्थाको ८ लाख २७ हजार कित्ता सेयर मात्र ओटीसी बजार अन्तरगत कारोवार भएका छन् । तसर्थ त्यस्ता अन्य सवै कम्पनीको सेयरलाई ओटीसी बजारमा अन्तरगत कारोवार गराउन नेपाल स्टक एक्स्चेञ्लाई बोर्डले निर्देशन दिएको हो । सवै सेयरहरु ओटीसी बजारमा आएपछि बजार थप व्यवस्थित र यन्त्रिकरण हुने बोर्डको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL