Logo

१३ औं हस्तकला व्यापार मेला शुरु, निकासीका लागि पूर्वाधार आवश्यक

१३ औं हस्तकला व्यापार मेला शुरु, निकासीका लागि पूर्वाधार आवश्यक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । १३ औं हस्तकला व्यापार मेला तथा ११औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी  शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको सो मेलाको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उद्दघाटन गरे ।

सो अवसरमा हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकलाको विश्व बजारमा विशेष आकर्षण रहेको बताए । साथै नेपालको आर्थिक विकासमा विशेष भुमिका रहेको हस्तकलाको निकासीका लागि पूर्वाधार आवश्यक रहेको औल्याए । कार्यक्रममा अध्यक्ष शाक्यले यसप्रकारको मेलाले नेपाली बस्तुको बजारीकरणमा सहयोग पुग्ने भन्दै कार्यक्रम गर्न सरकारको अनुदान आवश्यक रहेको बताए ।

शाक्यका अनुसार नेपालबाट बार्षिक ५ अर्वभन्दा बढीको हस्तकला निर्यात हुने गरेको छ । साथै यस क्षेत्रले ११ लाख जनालाई रोजगारी दिएको बताइएको छ । सो अवसरमा नेपाल उद्योग परिसंघ (सिएनआइ)का अध्यक्ष हरिभक्त शर्माले हस्तकलामा प्रविधिको आवश्यकता रहेको बताए ।

सो अवसरमा उनले नेपाली उत्पादनहरु हातबाट बन्ने हुँदा त्यसमा प्रविधिको प्रयोग आवश्यक रहेको औल्याए । त्यस्तै राम्रो प्याकेजिङ भएमात्र उत्पादन विक्री हुने हुदाँ त्यसतर्फ ध्यान दिन उद्योगीहरुलाई सुझाए । साथै प्याकेजिङ विकासका लागि नीजिक्षेत्र मिलेर प्याकेजिङ इन्ष्टिच्युट खोल्नुपर्ने बताए । त्यस्तै उत्पादन बढाएर बाहिर नियार्त गर्न सुझाव दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मेलाले हस्तकलाको बजारीकरणमा विशेष टेवा पुर्याउने बताए । साथै निकासीलाई बढाउन पुराना कलाकारले नयाँलाई सिकाउने बानी विकास गर्नु आवशयक रहेको बताए । ‘ नयाँ पुस्ताले हस्तकलामा खासै चासो देखाएको देखिदैन,’ उनले भने ‘तर पुरानोबाट सिकेर त्यसलाई अmभै नयाँपन दिदाँ हस्तकलाको प्रवर्घन गर्न सकिन्छ ।’

वाणिज्य मन्त्री जयन्त चन्दले हस्तकला उद्योगले परम्पराको संरक्षण गरेको बताए । साथै यसले राष्ट्रिय आयमा पनि विशेष योगदान पुर्याएको बताए ।

सो अवसरमा प्रमुख अतिथि तथा उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मुलुकलाई विश्वसामु चिनाउन हस्तकलाको ठूलो योगदान रहेको बतए । यसले गर्दा हस्तकलाको प्रवद्र्धन आवशयक रहेको उनले जानकारी दिए । सो कार्यक्रममा उनले हस्तकला प्रवद्र्धनमा सरकार सहयोगका लागि तयार रहेको समेत जानकारी दिए । साथै अहिले मुलुकलाई आर्थिक समृद्धि आवश्यक रहेको र औद्योगिकरणबाट सो सम्भव हुने बताए ।

बिहीवारदेखि शुरु भएको मेला पाँच दिनसम्म चल्ने छ । मेलामा १ सय ७७ ओटा स्टल र ६ ओटा पेभिलियन छन् । मेलामा नेपालीका साथै भारत, बंगलादेश सहभागिता रहेको छ । मेलामा फेल्ट, पश्मिना, कागजका गहना, ढाकालगायत उत्पादन प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL