Logo

हकप्रद सेयर र बोलकबोलको सुचना पत्रिका, एफएम र अनलाइनमा, ८ पटक प्रकाशित

हकप्रद सेयर र बोलकबोलको सुचना पत्रिका, एफएम र अनलाइनमा, ८ पटक प्रकाशित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन तथा बोलपत्रको सुचना ८ ठाउँमा छाप्न निर्देशन दिएको छ । सार्वजनिक निष्काशनलाई स्वच्छ, पारदर्शी तथा व्यवस्थित गर्नका लागि बोर्डले ३ वटा पत्रिका २ वटा अनलाईन र ३ वटा एफएममा प्रकाशित गर्न निर्देशन दिएको हो ।

सेयरधनीहरुको लागि निष्काशन गरिने हकप्रद सेयरको निष्काशन सम्बन्धी सूचना तथा जानकारीहरु समयमै प्राप्त गर्न नसकी सर्वसाधारण लगानीकर्ताहरु बञ्चित भएको गुनासाहरु आएपछि उक्त व्यवस्था गरिएको हो ।

जस अनुसार हकप्रद सेयर निष्काशनको लागि निष्काशन खुला तथा बन्द हुने मिति निष्काशनकर्ता कम्पनी र निष्काशन तथा विक्री प्रबन्धककोे नाम, हकप्रद सेयरको अनुपात समावेश गरी २ वटा राष्ट्रिय स्तरको पत्रिका, १ वटा आर्थिक पत्रिका, २ वटा अनलाई पत्रिकार र २ वटा एफएम रेडियोमा प्रकाशित गर्नुपर्ने छ ।

यसैगरी, बोलकबोलबाट विक्रीगर्ने सूचना प्रायजसो ७ दिन अगाडि मात्र सूचना प्रकाशित भईरहेको अवस्थामा आगामी दिनमा कम्पनीमा १५ दिन अगाडि कुनै २ वटा राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गर्नुपर्ने हुन्छ । त्यसपश्चात २ वटा अनलाईन पत्रिका, २ वटा एफएम र २ वटा आर्थिक पत्रिकामा प्रकाशित गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL