Logo

यातायात व्यवसायीले आन्दोलनको घोषणा गर्दै, देशैभर आन्दोलनको तयारी

यातायात व्यवसायीले आन्दोलनको घोषणा गर्दै, देशैभर आन्दोलनको तयारी



काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले विरोधका कार्यक्रम घोषणा गर्ने बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गदै यातायात व्यवसायी राष्ट्रिय महासंघले ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक यातायात क्षेत्रप्रति ज्यादति गरेको भन्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।

ट्राफिक प्रहरी कार्यालयले यातायात कसुरमा अधिकतम १ हजार ५ सय रुपैयाँ जरिवाना लिएको, सवारीचालकको लाइसेन्स निलम्बन गरेको, सवारीसाधनमा हरियो स्टिकर टाँस्दाटाँस्दै पनि पुनः प्रदुषण जाँच गरेर दुख दिएको महासंघको भनाई छ । यस्ता दुख दिने क्रियाकलाप रोक्नका लागि सम्बन्धित निकाय र मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाईसकेको भएपनि हालसम्म उक्त सुनुवाई नभएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यदि अझै माग पुरा नभए विरोधका कार्यक्रमहरु गर्ने जिम्मा ३ ओटै मजदुर संगठनलाई दिने निर्णय महासंघको बुधबार बसेको कार्यसम्पादन सचिवालयको बैठकले गरेको छ । यदि मजदुरको विरोधले पनि सुनुवाई नभए महासंघ नै त्यसमा आवद्ध हुने र त्यति पनि नभए देशभर आन्दोलन गर्ने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्