Logo

ओसी ग्रुपले ल्यायो ‘मेरो डिस्काउन्टस्’ अनलाइन मञ्च, व्यापार बढाउन तथा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत

ओसी ग्रुपले ल्यायो ‘मेरो डिस्काउन्टस्’ अनलाइन मञ्च, व्यापार बढाउन तथा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत



काठमाडौं । ओसी ग्रुप सफ्टवेयर प्रालिले ‘मेरो डिस्काउन्टस्’ अनलाइन मञ्च ल्याएको छ । ओसी ग्रुपले सोमबारबाट सञ्चालनमा ल्याइएको ‘मेरो डिस्काउन्टस्’ एक मात्र स्थानीय अनलाइन मञ्च भएको जनाएका हो । यसले स्थानीय व्यवसायीहरुको व्यापार बढाउन तथा ग्राहकवर्गहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न मद्दत गर्ने ग्रुपले जनाएको छ ।

मेरो डिस्काउन्टस् डटकमले छुट प्रदान गर्ने कम्पनी रहेको जनाइएको छ । आफ्नो ग्राहकहरुले खरिद गर्ने प्रत्येक सेवा तथा सुविधाहरुमा विशेष छुट दिने लक्ष्य राखेको ग्रुपले बताएको छ । जसमा नगद छुट, प्रमो कोड, भौचर, कुपन वा अन्य प्रकारका हुने बताइएको छ ।

यस्तै स्वास्थ्य र स्वादिष्ट भोजन वा कुनै स्पाको आनन्द लिन तथा मनोरञ्जनात्मक क्रियाकलाप, सपिङ मलमा किनमेल पनि मेरो डिस्काउन्टस्बाट गर्न सकिने जनाइएको छ ।

‘हामी व्यवसायीहरुलाई उच्च ब्राण्डको स्पष्ट मञ्च प्रदान गरी व्यापार बढाउन मद्दत गर्नेछौं । जसले ग्राहकवर्गहरुलाई सजिलै सेवा सुविधा लिन सक्ने वातावरण सृजना गर्नेछ । मेरो डिस्काउन्टस्बाट मध्यम वर्गका ग्राहकहरुले पनि स्तरीय सेवा र सुविधाहरू उपयोग गर्न सक्नेछन् । साथै व्यवसायीहरुको विक्री वितरण बढाउन र नयाँ व्यवसायीहरुलाई थप प्रोत्साहन गरी अगाडि बढ्न मद्दत पुग्नेछ’, ग्रुपले भनेको छ, ‘मेरो डिस्काउन्टस्सँग जोडिएको खण्डमा विक्रेताहरू सहजै रुपमा खुसी हुनेछन् भने ग्राहकले पनि आफ्नो इच्छा अनुसारको सेवा र अफरहरु पाउनेछन् । हामीले व्यवसायीहरुलाई परामर्शमार्फत उनीहरुको व्यवसायलाई अगाडि बढाउन पनि मद्दत गर्नेछौं । हामीले पेशागत बजारमा आधारित डिजिटल र सृजनात्मक विक्री वितरणको रणनीतिहरु प्रदान गर्नेछौं भने विक्री वितरणको चुनौतिहरु समाधान गर्न पेशागत रणनीतिहरु अपनाउने कम्पनीको लक्ष रहेको छ ।’ दक्ष प्राविधिकद्वारा विभिन्न अफरका स्किमहरु प्रदान गरी व्यवसायको बजार प्रवर्द्धनमा मद्दत पु¥याउने ग्रुपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL